अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २७ गते।
भन्सार एजेन्टको परीक्षा पुनः स्थगित भएको छ ।
भन्सार बिभागले शनिबारका लागि तय गरेको भन्सार एजेन्टको परीक्षा नहुने भएको छ ।
उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन भएको सूचना प्रकाशित गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको हो।
२२ जेठ २०७८ मा पनि कोरोना संक्रमणका कारण देखाएर परीक्षा स्थगित गरिएको थियो । त्यसपछि फेरि २९ माघ २०७८ का लागि तोकिएको परीक्षा पनि स्थगित भएको थियो ।
पुराना भन्सार एजेन्टको स्वार्थमा परीक्षा लिन विलम्ब गरिएको भन्दै आवेदकहरुले यसअघि भन्सार विभागमा धर्नासमेत दिएका थिए ।