अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २७ गते।
सहिदद्वारको आज उद्घाटन हुने भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्धार जनकपुरधामको उत्तरी प्रवेशद्वार मुजेलियामा रहेको छ ।
भगवान रामको पूर्ण कदको प्रतिमा सहितको धनुषाकार द्वारको बीचमा सहिद निकु यादव, दिलिप यादव र सञ्जय चौधरीको शालिक राखिएको छ ।उनीहरु मधेश आन्दोलनको क्रममा जनकपुरधाममा सहिद भएका थिए ।
तीनै जनाको अन्त्येष्टि गरिएकै स्थल नजिक निर्माण गरिएको द्वारको दुबै तर्फ मधेश आन्दोलनका अन्य सहिदहरुको विवरण उल्लेखित स्तम्भहरु राखिएका छन् ।
द्धारको उद्घाटन नगर प्रमुख लालकिशोर साहले गर्ने छन् ।मधेश आन्दोलनका सबै सहिदहरुलाई समेटिएको यो पहिलो स्थल हो ।