अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २७ गते।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ।
सात दिन भित्र ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनिएको हो ।

त्यसका लागि कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।