अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २७ गते।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११:३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।
छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ताले जानकारी दिए ।
आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ दलले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ ।