अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २६ गते।
आज पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।