१५ दिने मिथिला मध्यमा परिक्रमा आज सतोषर पुग्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २९ गते।

१५ दिने मिथिला मध्यमा परिक्रमा आज सतोषर पुग्ने भएका छन् ।

शनिवार धनुषाधाममा विश्राम गरेका परिक्रमका यात्रीहरु आईतबार सतोषर पुग्ने भएका छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवत सुरु हुने परिक्रमामा सयौं भक्तजनहरू सहभागी हुने गर्दछन् । परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइ अन्तगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।

आईतबार सतोषर पुगी औरहीमा राति विश्राम गरी पुनः भारतको विशौल, करुणा हुँदै पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुरधाम आइपुगेर भोलिपल्ट अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा विधिवत् रुपमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *