महोत्तरीबाट साढे पाँच किलो गाँजासहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २९ गते। 

महोत्तरीबाट साढे पाँच किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका-१ घरु भई हाल गौशाला नगरपालिका-५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेका छन्।

प्रहरीले शनिबार अपराह्न ४ बजे उनलाई घरैबाट पक्राउ गरेको हो।

साह माथि इलाका प्रहरी कार्यालय गौशालामा हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *