अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,फाल्गुन २९ गते।
मेडिकल सामाग्री तथा खुद्रा मालबस्तुहरुसहित जाँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले शनिबार राति वीरगञ्ज महानगरपालिका-१४ गण्डक सडकखण्डबाट एक करोड ६० लाख मूल्य बराबरको सामान बरामद गरेको हो।
प्रदेश-१-२००१ख ९२५२ नम्बरको ट्रकलाई चेक गर्दा उक्त परिमाणको सामान बरामद भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
बरामद सामानसहितको ट्रक आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको खनालले बताए।