चीनको वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर एक विमान दुर्घटना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।

चीनको वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर एक विमान दुर्घटना भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार विमानमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १: १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३: ०७ मा अवतरण हुने तालिका थियो ।

विमानको हाल उद्धार कार्य चलिरहेको बताइएको छ । उद्धार कार्यका लागि तत्काल ५८८ वटा अग्निनियन्त्रक पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *