अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १३ गते।
सर्लाहीको धनकौलमा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेको छ ।
आगलागीले प्रदीप हजरी, भुमेशवर कानु, ताहिर हजारी, रामबली पासवान, सितल हजारी, भिखारी पासवान, राम बिश्वास हजारी, बिकाउ हजारी, नन्द किशोर पासवान, गगन हजारी, सरप लाल हजारी र रामनाथ हजारीको एक/एक वटा घर जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट सिलिण्डर ग्याँस पड्किदा भाग्ने क्रममा ३५ बर्षका अरबिन्द प्रसाद कुशवाह घाइते भएका छन् । उनलाई उपचारको लागि नवलपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आगलागीले २६ लाख बराबरको क्षति भएको उनले बताए । आगोलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी तथा मलङगवा र हरिवनबाट गएको दमकलको सहयोगमा निभाइएको छ ।