नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १३ गते।

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा विहान ११ बजे बस्ने बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने छ । शुक्रबारदेखि सुरु भएको बैठकमा ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔं’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको बिफ्रिङ जारी छ ।

शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।

बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल हुने प्रवक्ता प्रकाशशरण महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *