अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र २१ गते।
आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ३३ जनामा पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजृेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् ।
हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।