अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ९ गते।
राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जादै छन्।
नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् ।
नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।