स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १२ गते।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन रहेको छ ।

निर्वाचन आयोगले आईतबार र सोमबार दुई दिन मुलुकभरका सबै स्थानीय तहहरुमा उम्मेदवार मनोनयन गर्न सुचित गरेको थियो ।

आयोगका अनुसार देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन सुरु हुनेछ । यो क्रम हिजो र आजसम्म मात्रै रहने आयोगले जनाएको थियो ।

मनोनयनका क्रममा भीडभाड हुने भन्दै यो पटक आयोगले एक दुई दिन निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *