अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,वैशाख ११ गते।
कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा भिषण आगलागी भएको छ।
विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए ।
उनका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।