आज थपिए १३ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ११ गते।

आज पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार १ सय ११ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय २३ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *