अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १३ गते।
आज पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९५५ पुगेको छ ।
नेपालमा ९ लाख ६६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ।