मोरङबाट जुवा खेलिरहेका ७ जना पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,वैशाख १३ गते।

मोरङबाट प्रहरीले जुवा खेलिरहेका ७ सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीया सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह, विराटनगर महानगनगरपालिका–४ नम्बर वडाका ४७ वर्षीय सत्यनारायण राजवंशी रहेका छन् ।

त्यस्तै झापा मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिशचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापा मगरलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कौडासहित ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँसहित सातजनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *