राप्रपा पार्टीबाट मेयर र उप मेयर पदमा किशा गिरि र जितेन्द्र कुमार साह हलुवाईले उम्मेदवारी दर्ता गराए

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख १३ गते।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ता कार्य सोमवार अबेर राती सम्पन्न भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि विभिन्न १ सय २७ पदका लागि मेयर, उप मेयर, वडाध्यक्ष,वडा सदस्यमा ५ सय २९ उम्मेदवार मनोनयन दर्ता गराएका छन्।

राप्रपा पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको लागि सबै वडा बाट वडाध्यक्ष,वडा सदस्यको साथ-साथै  मेयर र उप मेयरको मनोनयन दर्ता गराएका छन। जनकपुरधाम उपमहानगरपालिका मेयर पदको लागि किशा गिरि तथा उप मेयर पदको लागि जितेन्द्र कुमार साह हलुवाईले उम्मेदवारी दर्ता गराएका छन्।

 

जनकपुरधामका चिर परिचित, युवा अनुहार र राप्रपा पार्टीका नगर उपाध्यक्ष समेत रहेका जितेन्द्र कुमार साह हलुवाईले भने “हामी राप्रपा पार्टीको बिधान र निर्देशन अनुसार काम गर्ने छौ, यदि पार्टीको निर्वाचित पदाधिकारीले भ्रस्टाचार गर्छ भने आमाको रगत खाने सरह हुन्छ “। त्यसैले  व्यक्तिलाई हैन व्यक्तिको विचारलाई आफ्नो अमुल्य भोट दिन मतदाता संग आग्रह गरेका छन्।

राप्रपा पार्टीका नगर सचिब नबिन झाले वडा  न ७ बाट  वडाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन्। झाले आफनो मन्तव्य राख्दै भने  “हाम्रो वडा मा धेरै काम गर्नु छ, विगतका जननिर्वाचित पदाधिकारीले गरेको कामको मुल्यांकन अब जनताले आफ्नो अमुल्य भोट बाट गर्ने छन्। नगर सचिब नबिन झाले भने नातावाद ,कृपावादलाई हैन राष्ट्रवादलाई भोट दिन आग्रह गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *