आईपीएलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १२ गते।

आईपीएलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

पन्जाबको जितमा शिखर धवनले अविजित ८८ रन योगदान गरे । धवन प्लेयर अफ द म्याच भए । यसैगरी भानुका राजपाक्षले ४२ र कप्तान मयंक अग्रवालले १८ रन जोडे ।

बलिङतर्फ ड्वेन ब्राभोले २ विकेट लिए ।

चेन्नईको सुरुवात राम्रो थिएन । फर्ममा देखिएका रोबिन उथप्पा यो खेलमा १ रनमै आउट भए । त्यसपछि ऋतुराज गायकवाडले ३० रन बनाए । ऋतुराज आउट भएपछि अम्बाती रायडुले कप्तान रविन्द्र जडेजासँग मिलेर स्थिति सम्हाल्ने कोसिस गरे । तर तीव्र गतीमा रन बटुल्न खोज्दा रायडु ७८ रनमा आउट भए । उनले ७ चौका र ६ छक्का प्रहार गरे । जडेजा २१ रनमा अविजित रहे ।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडा र ऋषि धवनले २–२ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *