शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २१ गते।

शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर  जाँदैछन्।

चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

काँग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता  प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *