स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निषेध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २२ गते।

बझाङमा स्थानीय तहको निर्वाचन अवधिभर मदिरा निषेध गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो ।

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

साथै सरोकारवालाले चुनाव प्रचारका क्रममा दलहरूले आचार संहिताविरुद्धका कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *