अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २२ गते।
आज पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ ।
नेपालमा ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।