आईपीएलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई २१ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख २३ गते।

आईपीएलमा गएरातिको खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई २१ रनले पराजित गरेको हो।

दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै  रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *