आइपिएलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख २७ गते।

आइपिएलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो।

कोलकाताका लागि वेन्कटेश अय्यर र नितिश रानाले समान ४३ रनको पाली खेलेका थिए। मुम्बईका जसप्रित बुमराहले ५ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७ ओभर ३ बलमा ११३ रनमा समेटियो। मुम्बईका इशान किसनले ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेले २ विकेट हात पारे ।

मुम्बईको लागि जारी आईपीएलमा यो नवौं हार हो। लिगको पुछारमा रहेको मुम्बईले ११ खेलबाट ४ अंक हात पारेको छ।

कोलकाताले भने १२ खेलबाट १० अंक जोडेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *