देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २७ गते।

आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *