आईपीएलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ ४  गते।

आईपीएलमा गएराति भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्रै बनाउन सकेको थियो । ​हैदराबादको इनिङ्समा राहुल त्रिपाठीले ४४ बलमा तीन छक्का र नौ चौकाको मद्दतले ७६ रन बनाए । ​ प्रियम गर्गले २६ बलमा चार चौका र दुई छक्काको मद्दतले ४२ रन बनाए भने निकोलस पूरनले २२ बलमा दुई चौका र तीन छक्काको मद्दतले ३८ रन बनाए ।

मुम्बईका लागि रमनदीप सिंहले २० रनमा ३ विकेट लिए । मुम्बईका लागि रोहित शर्मा र इशान किशनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे । मुम्बईको टोली सहजै खेल जित्ने दिशामा अघि बढेको देखिन थालेको थियो तर ओपनिङ जोडी विच्छेदपछि विकेटहरू लगातार गिर्दै गए ।

रोहित शर्माले ३६ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४८ रन बनाए । जबकि इशान किशनले ३४ बलमा ४३ रन बनाए । टिम डेभिडले १८ बलमा ४६ रन बनाएर टिमलाई जितको नजिक पुर्‍याए पनि १८ औं ओभरमा उनको रन आउट भएपछि मुम्बईका लागि चुनौती कठिन बन्यो र अन्त्यमा मुम्बईको टोली जितबाट तीन रन टाढा थियो ।​ हैदरावादका लागि उमरान मलिकले २३ रनमा ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *