सार्वजनिक बिदाको दिन काठमाडौंमा सरकारी सवारीसाधन सञ्चालनमा रोक

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ५ गते।

सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न ,पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *