कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टी विजयी

अनलाईन न्युजपाटी कपिलवस्तु,समाचारदाता,जेठ ५ गते।

कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टी विजयी भएका छन् ।

सुदीप पौडेल मेयरमा निर्वाचित भएका छन् । ११ हजार ९०६ मत ल्याएका उनले नेकपा एमालेका राजेशकुमार गुप्तालाई तीन हजार भन्दा धेरै मतले पराजित गरे । राजेशले आठ हजार ७८२ मत पाए । त्यस्तै नेपाली कांग्रेसका किरण सिंहले सात हजार ५१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टीकै सुनीता गुप्ता निर्वाचित भएकी छन् । उनले नौ हजार ५७० मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी तुलसादेवी पाण्डेले नौ हजार ३७९ मत पाएकी छन् ।

त्यस्तै नेपाली कांग्रेसकी नसरिन खातुनले सात हजार ८३१ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *