देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ५ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशकाकेही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *