पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ९ गते।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँको दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ ।

अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *