अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ९ गते।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए ।
यस्तै लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह ५ हजार १९४ मत ल्याए । लालकिशोर जनकपुरधामका निवर्तमान मेयर हुन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेृसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।