अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १८ गते।
चाँदीको चार किलो गरगहनासहित एक भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरी रहेका छन् ।
पक्राउ परेका उनको साथबाट ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको २८ जोडी (४ किलो) चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।
चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।