आज देशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २१ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *