जनकपुरबाट भैरहवातर्फ जादै गरेको बस रोहिणी पुलबाट खस्दा ९ जनाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २२ गते।

जनकपुरबाट भैरहवातर्फ जादै गरेको बस रोहिणी पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ ।

लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घाइतेहरुकाे उद्धार गरेर प्रहरीले अस्पताल लगेको  थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *