अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २५ गते।
ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन्। कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए ।
ब्राउनली केबल २१ वर्षको उमेरमा नै विश्वका १४ अग्ला हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छी आरोही बन्ने अभियानमा रहेकी छन्।
विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनले भनिन्,‘म आठ वर्षको हुँदा पहिलो पटक मेरो बुबाले नै पदयात्रा सुरु गर्न प्रोत्साहन गर्नु भएको थियो । सोही प्रेरणका कारण दस वर्ष पुग्नुअघि नै मैले समुदायमा कीर्तिमान तोड्न सफल भए ।’
अन्य पर्वतारोहीको मिसन जस्तै एभरेष्ट उनको सुचीमा थियो । हालै मात्र ६ महिनामा सबै १४ हजार ८०० मिटर हिमालहरुको सफल पर्वतारोहण गरेर विश्व कीर्तिमान तोडेका नेपाली पर्वतारोही निम्ससँग उनले आरोहण गरेकी थिइन्। हालै उनले बनाएको कीर्तिमानलाई लिएर नेटफिल्क्सले १४ पिक्स डकुमेन्ट्री बनाएको थियो ।
ब्राउनलीले भनिन्,‘ निम्सले नै मलाई ८००० को सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी पदयात्राको अभियान सुरु गर्न प्रोत्साहित गर्नुभएको थियो । नतिजास्वरुप आज म यो मिसनको मध्यतिर छु ।’
उनले अगाडि भनिन्,‘मैले हालसम्म सातवटा मिसन पुरा गरिसकेकी छु । १२ जुनमा म मेरो दोस्रो चरणको मिसनका लागि पाकिस्तान पुग्दैछु जहाँ मैले नाङ्गा पर्वत, केटु र ब्रोड पिकको आरोहण गर्ने मिसन छ । अर्को समरसम्म मैले यी चार हिमाल चढ्ने मिसन रहेको छ ।’