अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २८ गते।
आज पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १७ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ , त्यस्तै थप ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन् ।