आज मुलुकका केही स्थानहरूमा वर्षाको सम्भावना

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ३० गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।  अन्य प्रदेशका भूभागमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै राति पनि प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *