अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १ गते।
२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने नेपालमा कानुनी व्यवस्था पुनर्विचार तथा हेरफेर गर्नुपर्ने कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका छन् ।
यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए ।
बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए ।