अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ४ गते।
असार मसान्तभित्र एसइईको नतिजा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी दिए।
‘असार मसान्तसम्ममा एसइई नतिजा प्रकाशित गर्ने भनेका छौँ, तर केही प्राविधिक वा अरु समस्या आइपर्यो भने त्यो समयमा प्रकाशित नहुन पनि सक्छ,’ उनले भने।
बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।