अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ८ गते।
सप्तरीबाट लागूऔषध गाँजा बरामद भएको हो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।
ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको छ । बरामद भएको ट्रकसहितको गाँजालाई अन्य अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरीक्षकले बताए ।