पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १२ गते।

पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।  यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *