अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ३० गते।
शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।
उनमा मुटु र प्रोष्टेटको समस्या थियो । जोशीमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।