आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ३० गते।

आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ।

अस्ट्रेलियाको भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्गलादेश गरी १६ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *