अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १९ गते।
महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दै छन् ।
खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।