अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २३ गते।
आइसिसी टि-२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।
न्युजिल्यान्डको लक्ष्य लगातार दोस्रोपटक विश्वकप फाइनल खेल्ने हो । पाकिस्तान भने दोस्रोपटक उपाधि उचाल्ने योजनामा छ । उसले विश्वकपको पहिलो तथा दोस्रो संस्करणमा फाइनल खेलेको थियो ।
न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।
अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।