अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ६ गते।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।
योगेशले ३९९६ मतसहित निर्वाचित भएका हुन्। यहाँ ७ हजार २ सय ३० मत खसेको थियो।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।
मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।
नेविसंघको राजनीतिबाट योगेश पार्टी राजनीतिमा आएका थिए। उनी कांग्रेसमा महाधिवेशन प्रतिनिधि पनि छन्।