टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ २३ गते।

टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नतुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ। गाजिएनटेपको लगभग २० लाख जनसङ्ख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *