पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,माघ २२ गते।

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आज निधन भएको छ ।

पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

पाकिस्तानी मिडियाका अनुसार उनी लामो समयदेखि बिरामी थिए।

परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा नयाँ दिल्लीको दरियागंजमा भएको थियो ।

राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *