अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २२ गते।
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो। भुटान पनि पहिलो जितको खोजीमा हुनेछ।
भुटान पहिलो खेलमा भारतसँग १२-० गोलले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन्।